नयाँ शक्तिका नेताले स्वीकारेनन् फोरमसँगको एकता

बाबुरामसँग असन्तुष्टको बेग्लै भेला

काठमाडौँ ।  नयाँ शक्ति पार्टी नेपाल र संघिय समाजवादी फोरमबीच भएको एकता नयाँ शक्तिका केही नेताले स्वीकारेका छैनन् । पार्टी एकता भएको तेस्रो दिन नयाँ शक्ति नेपालका असन्तुष्ट नेताले बुधबार बिहान छुटै भेला गरेका छन् ।

ललितपुरमा भएको भेलामा नेताहरु देवेन्द्र पराजुली, कल्पना धमला, रामरिझन यादव, मदन राईलगायत प्रभावशाली नेता सहभागी थिए । कल्पना धमला पूर्व विज्ञानमन्त्री हुन् भने डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा रामरिझन यादव प्रेस संयोजक भएका थिए ।

मदन राई कृषि विज्ञ हुन् । नयाँ शक्ति पार्टी नेपाल उपेन्द्र यादवको पार्टी फोरमसँग बिलय गराएको भन्दै बाबुराम भट्टराईप्रति आक्रोश पोखेका छन् । 

‘पार्टीमा छलफल नै नगरी पार्टी एकता भएको भनियो’ नेता देवेन्द्र पराजुलीले भने, ‘एक नेताको ईच्छा जे लाग्यो, त्यहीं हुन्छ ?’ भेलामा सहभागी नेताले आफूहरु फोरमसँगको एकता बनेको पार्टीमा नभएको बताएका छन् । ‘अब हामी फरक तरिकाले अघि बढ्छौं’ एक नेताले भने ।

‘हिजो नयाँ बनाउने भन्दै हिँडेका हौं । के कति नयाँ भयो हेर्नु पर्ने अवस्था आएको छ,’ पराजुलीले भने, ५ ‘स’को एजेण्डा कहाँ पुग्यो ? किन छोडियो ? यसमा प्रर्याप्त बहस तथा छलफल नै नगरी पार्टी एकता गर्नु राम्रो थिएन ।’

नयाँ शक्ति पार्टीले एकता गर्नु भन्दा पहिला केन्द्रीय समितिको बैठक बोलाएको थियो । तर बैठकमा कुनै पनि एजेण्डामाथि बहस र छलफल नै गर्न नदिएको आरोप छ ।

एकताको नाममा पार्टी बिलय गराएको भन्दै नयाँ शक्तिका दर्जनौं नेता असन्तुष्ट छन् । ‘झण्डा, चुनाव चिह्न र नाम पनि उतैको भएपछि केको एकता भयो ?’ भेलामा सहभागीले प्रश्न गरेका छन् ।

‘संघीय हटाएर समाजवादी राखेको छ । नयाँ शक्तिको त केही पनि समावेश छैन । कार्यकारी अध्यक्ष पनि उपेन्द्रलाई नै दिएको छ ।’ यस्तो एकता स्वीकार्न सकिँदैन’ एक असन्तुष्ट नेताले भने।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...