जाग्यो कांग्रेस : आजदेखि एकसाथ ‘राष्ट्रिय जागरण अभियान’ सुरु गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि आजदेखि मुलुकभर एकसाथ ‘राष्ट्रिय जागरण अभियान’ सुरु गर्दै छ ।

एक महिनासम्म सञ्चालन हुने अभियानका लागि प्रत्येक जिल्लामा कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाएको छ । ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको सो अभियान तीन चरणमा वर्षभरि हुनेछ । 

सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पुगिसकेका छन् । बुधबार सबै जिल्लामा अभियानको सुरुवात हुन्छ । पहिलो चरणको जागरण अभियानका लागि जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिलाई एक महिना जिल्लामै बस्न पार्टीले निर्देशन दिएको छ ।

कार्यक्रमको उद्घाटन वरपीपल, स्वमीमध्ये कुनै एक बिरुवा रोपेर गरिनेछ । अभियानमा स्वागत मन्तव्य र कार्यक्रम विसर्जनबाहेक तीन जना मात्र वक्ता हुनेछन् भने महिला वक्ता अनिवार्य गरिएको छ । 

अबदेखि कांग्रेसले पार्टी कार्यक्रममा माला, ब्याज र खादा लगाउने प्रचलनको पनि अन्त्य हुने जनाएको छ । देशबाहिर विभिन्न ३३ मुलुकमा पनि कार्यक्रम सञ्चालन हुनेछ । 

कांग्रेसले १२ भाषामा जागरण गीत तयार गरेको छ । गीतको रचनाकार पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा हुन् । मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा र नेपाली भाषामा गीत तयार गरिएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...