पार्टीबाट निष्कासनमा परे पदम राई

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य पदम राईलाई पार्टीले निलम्बन गरेको छ ।

राईले केही दिनअघि सरकारसँग वार्ताको वातावरण बन्दै गएको अभिव्यक्ति दिएका थिए । पूर्व राज्य मन्त्री राईले दिएको सो अभिव्यक्ति पार्टी नीति विपरित भएको भन्दै निलम्बन गरिएको छ ।

गत निर्वाचनमा प्रदेश १ का मुख्य मन्त्री शेरधन राईलाई चुनावी प्रचारका क्रममा आक्रमण गरेको आरोपमा उनी पक्राउ परेका हुन् । मोरङमा पक्राउ परेका उनी ६० हजार धरौटीमा रिहा भएका थिए । 

राई भोजपुरका तत्कालीन माओवादी नेता हुन् । शान्ति प्रक्रियापछि आवास तथा भौतिक योजना राज्यमन्त्री पनि भएका थिए ।

२०६४ को संविधानसभा निर्वाचनमा भोजपुर १ बाट सभासद बनेका थिए । राई माओवादीनिकट किराँत राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष पनि भएका थिए ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...