संसदमा प्रधानमन्त्रीले भने, ‘मेरो सरकार’ भन्ने शब्द झुक्किएर राखिएको होईन

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको सम्बोधनमा मेरो सरकार भन्ने शब्द झुक्किएर नभई जानीबुझी नै राखिएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिँदै  प्रधानमन्त्री ओलीले भने, राष्ट्पतिले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा मेरो सरकार भनेर उच्चारण गर्नुलाई उचित सम्बोधन भएको बताएका हुन् ।

उनले भने, ‘मेरो सरकार भन्ने शब्द भुलचुकले होइन, सुविचारी ढंगले जानीबुझी राखेको शब्द हो ।’ साथीहरुले मेरो सरकार भन्ने शब्दलाई मात्रै ध्यान दिएको भन्दै यसले पहाड खनेर मुसो पनि ननिस्कने जस्तो कुरा भएको उल्लेख गरे ।

सम्माननीय राष्ट्पतिले मेरो सरकार भन्नु कुनै अचम्मको विषय नभई संसारभरको अभ्यास अनुसार नै भएको पनि प्रष्ट पारे । मेरो देश, मेरो सरकार भनेर राष्ट्पतिले ढुक्कले भन्ने हो,’ उनले भने, ‘राष्ट्पतिले मात्रै होइन तपाई हामी सबैको होइन र यो देश, यो सरकार ? भनेर प्रश्न गरे’।

उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मेरो सरकारबारे गरेको टिप्पणीले मित्र राष्ट्र बेलायतसँगको सम्बन्धमा पनि असर पर्ने बताए।

‘बेलायतको आफ्नो चलन छ । त्यहाँकी महारानीजस्तो भनेर उता एकदमै नराम्रो छ, यहाँ पनि त्यस्तै भयो भन्नु कूटनीतिक रूपमा नसुहाउने कुरा हो,’ ओलीले भने ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...