‘समृद्ध दमक सुखी केपी ओली,’ सरकारको अबको मूल नारा बनाओस्ः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद गगन थापाले सरकारलाई समृद्ध नेपाल सुखी नेपाली भन्ने मुल नारा हटाउन आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफलमा बोल्दै उनले सरकारलाई समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा हटाउन आग्रह गरेका हुन् ।

उनले सरकारलाई अब समृद्ध दमन सुखी केपी ओली भन्ने नारा बनाउन आग्रह गरे । प्रधानमन्त्रीको सचिवालयबाट दमक नगरपालिकालाई विभिन्न शीर्षकमा योजना छुट्याउन दिएको निर्देशको गगनले कडा निन्दा गरे ।

‘प्रधानमन्त्री दमकका मात्रै रहेछन्, सरकारले अब मूल नारा फेरोस्’, ‘समृद्ध दमक सुखी, केपी ओली भनेर सरकारले आफ्नो मूल नारा राखोस् ।’ उनले भने, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने क्रममा सरकारले चालीसवटा बुँदामा झुटा कुरा प्रस्तुत गरेको आरोप लगाएका छन् ।  

कांग्रेस नेतासमेत रहेका थापाले सरकारले सपना देख्ने क्षमता पनि राख्न नसकेको जिकिर गरे । ‘सरकारले सपना देख्ने क्षमता पनि राख्न सकेन । राष्टपतिलाई राजाको भद्दा नक्कल गर्न उक्साइयो’, उनले भने, ‘संघीयता कार्यान्वयनका लागि बनाउने कानुन नियम ल्याएन ।

स्रोत र साधन कसेर राख्यो, मुख्य मन्त्रीलाई अञ्चलाधिश जस्तो व्यवहार गर्यो ।’  नेता थापाले प्रधानमन्त्री आफैँले भ्रष्टाचार गर्दिन भनेर कसम खाएर १०१ काण्ड मच्चाएको आरोप लगाए । ‘भ्रष्टाचा गर्दिनँ र गर्न दिन्न भनेर प्रधानमन्त्रीले १०१ काण्ड मच्चाए’, उनले भने, ‘चटकहरुबाट चमत्कार हुन्छ भन्ने नीति नै हो सरकारको ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...