प्रदेश ३ को स्थायी राजधानी हेटौडा, नाम बाग्मति राख्ने तयारी

नेकपाका दुबै अध्यक्ष सकरात्मक

मकवानपुर ।  प्रदेश नम्बर–३ को स्थायी राजधानी हेटौंडा नै कायम हुने लगभग सुनिश्चित भएको छ । डेढ वर्ष अघिदेखि अस्थायी राजधानी रहेको हेटौंडालाई प्रदेशको स्थायी राजधानी तोक्न नेकपाका दुवै अध्यक्ष सकारात्मक भएका छन् । 

हेटौंडा राजधानी राख्ने विषयमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सकारात्मक भएकाले अब हेटौंडा अस्थायी राजधानीबाट स्थायी राजधानीमा परिणत हुने लगभग पक्का भएको प्रदेश सरकार स्रोतले जनाएको छ ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसअघि नै यसबारे सकारात्मक थिए ।  स्थायी राजधानी हेटौंडा र राजधानीको नाम भने बाग्मती राख्नका लागि प्रधानमन्त्री ओली सकारात्मक भएको  बुझिएको छ ।

सातवटै प्रदेशको अन्तर प्रदेश समन्वय परिषद बैठकमा प्रधानमन्त्री ओलीले हेटौंडाबाट अन्यत्र राजधानी नसर्ने बताएको बैठकमा सहभागी एकले खुलासा गरेका छन् । 

अहिले जुन स्थानमा भए पनि कुनै काम गर्न समस्या नभएकाले कामलाई प्राथमिकता दिन पनि प्रधानमन्त्रीले आग्रह गरेका ती सहभागीले बताए । यसभन्दा पहिले नेकपाका अर्का अध्यक्ष प्रचण्डले भने स्थायी राजधानी हेटौंडा नै रहन्छ भनेर सार्वजनिक रुपमा संकेत गरिसकेका छन् ।  

राजधानी र नामाकरणको विषय कहिले र कसरी टुङ्गो लगाउने भन्नेमा प्रधानमन्त्री ओलीले खुलाएका छैनन् । प्रदेश ३ को प्रदेश सभामा नेकपाको दुई तिहाई बहुमत छ । त्यसैले पनि दुई अध्यक्षको सुझावअनुसार नै राजधानी र प्रदेशको नामाकरण हुने प्रबल सम्भावना रहेको छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भने प्रदेश सरकार सुरु भएदेखि नै राजधानी हेटौंडाबाट अन्यत्र नसर्ने बताउँदै आाएका छन् ।

राजधानी हेटौंडाबाट नसर्नेमा ढुक्क भएका मुख्यमन्त्री पौडेलले प्रदेश सभाको हिउँदे अधिवेशनमा राजधानीको विषयमा टुङ्गो लगाउने भने पनि त्यो काम भने हुन सकेन । नेताहरु भन्छन्, अब वर्षे अधिवेशनमा पनि राजधानीको विषयले प्रवेश पाउने निश्चित छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...