श्रमिकको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न कम्युनिस्ट सरकार सक्रियः प्रचण्ड

समाजवादको आधार तयार पार्न जोड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण नेपालीमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।


आज एक वक्तव्य जारी गर्दै प्रचण्डले भनेका छन्, ‘१३०औं विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवि जनसमुदायमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु ।’


उनले नेपालमा २००३ सालमा विराटनगर जुटमिलबाट शुरु भएको श्रमिक आन्दोलन, १० वर्षे जनयुद्ध, र १९ दिने ऐतिहासिक जनआन्दोलको प्रतिफलले नै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको बताएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले वर्तमान सरकार र नेकपाले संवैधानिक र कानुनी पूर्वाधार तयार गर्दै विकास र समृद्धिलाई उच्च प्राथमिकतामा राखेको बताए ।


उनले श्रमको सम्मान श्रमिक वर्गको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न कम्युनिस्ट सरकारले विभिन्न योजना मार्फत समाजवादको आधार तयार पार्न जोड दिइरहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...