सरकारविरूद्ध ११ विद्यार्थी संगठन नाराबाजी गर्दै सडकमा

काठमाडौँ । ११ विद्यार्थी संगठनले  प्रधानमन्त्री ओली नेतृत्वको सरकार विरुद्ध  बिभिन्न नाराबाजी गर्दै सडकमा उत्रेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघसहित प्रतिपक्षी दलका विद्यार्थी संगठन मंगलबार दिउँसो सरकारविरूद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् । राष्ट्रिय झन्डा र विद्यार्थी संगठनका झन्डा बोकेर प्रदर्शनमा उत्रिएका विद्यार्थीले  माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।

संविधानअनुसार शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्ने, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई खोजी गरी कारबाहीको दायरामा ल्याउनुपर्ने , सरकारले लुकाएको लाल आयोगको प्रतिवेदन सार्वजनकि गर्नुपर्ने  र संविधानमा सबैको अपनत्व हुनेगरी संशोधन गर्नुपर्ने माग गर्दै विद्यार्थीले सरकारविरूद्ध  प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सर्वसत्तावादी र भ्रष्ट सरकार भएको विद्यार्थीले आरोप लगाएका छन् ।


 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...