बालुवाटार जग्गा प्रकरणका दोषीलाई कारबाही हुनुपर्छः नेता सिंह

संखुवासभा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवातारको जग्गा प्रकरणमा दोषि जो सुकै भए पनि कारबाही हुनुपर्ने बताएका छन ।

प्रेस युनियन संखुवासभाले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनलाई बालुवाटारको जग्गा प्रकरणमा सभापति देउवाको नामसमेत मुछिएको पत्रकारको प्रश्नमा उनले भने, ‘कांग्रेसका नेता होउन् या अरु कुनै पार्टीका होउन्, यसको निष्पक्ष तवरले छानविन गरेर कानुन बमोजिम दण्ड सजायँ दिनुपर्छ ।’

उनले कांग्रेसले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएको दाबी गर्दै अर्को एक प्रसंगमा उनले सरकार संविधानको भावना र मर्मविपरित अगाडि बढिरहेको आरोपसमेत लगाए । ‘सरकारसँग दुई तिहाई बहुमत छ, संविधान केही होइन, कानुन केही होइन, भनेर रवैया देखाइरहेको छ,’ उनले भने ।

उनले सरकार संघीयता कार्यान्वयनमा असफल भएको दाबीसमेत गरे । सरकारले आफ्नो असक्षमता ढाकछोप गर्न प्रेसमाथि सेन्सरसिप लगाउन खोजेको उनले बताए । नेपाली कांग्रेसले सुरु गर्न राष्ट्रिय जागरण अभियान कांग्रेस नेता सिंह पूर्वी नेपालका जिल्ला भ्रमणमा छन् । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...