सरकारको कामले जनतामा उत्साह छाएको छ : नेकपाका उपनेता नेम्वाङ

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्‍ट पार्टीका उपनेता सुवास नेम्वाङले सरकारको कामले जनतामा उत्साह छाएको बताएका छन्। सोमबारदेखि सुरु बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको कामबाट जनता निराश भएको बताएपछि नेम्वाङले यस्तो जवाफ दिएका हुन्।  ‘जनता निराश होइन, जनता खुसी छन्।

सरकार र दलहरूको मिहिनेतले जनतामा उत्साह बढेको छ’, उनले भने, ‘अब राजनीतिक आन्दोलन गर्नुपर्दैन। विगतको अस्तव्यस्त अवस्थालाई मिलाउँदै सरकारले एक वर्ष बितयो। अब जनतालाई सकारात्मक परिणाम दिन्छ।’ नेम्वाङले सरकारले नतिजा दिन सकेन भने लोकतान्त्रिक सिस्टम फेल हुने चिन्ता जनाए। ‘हामी लामो संघर्षपछि लोकतान्त्रिक अभ्यासमा छौँ, बिर्सेर पनि निरंकुशतातर्फ जान सक्दैनौँ’, उनले भने, ‘प्रजातन्त्रका लागि आन्दोलन भएको छ।

चेक एन्ड ब्‍यालेन्स भएकाले निरंकुशता सम्भव छैन। फेरि पनि हामी एक हुनुपर्छ।’  कसैको स्वर सुन्दा र अनुहार देख्दा रेडियो र टेलिभिजन बन्द गर्छु भन्ने अवस्था कसैले ल्याउन नहुने उनले बताए।

‘फलानाको त टेलिभिजनमा अनुहार देख्दा बन्द गरूँ गरूँ जस्तो लाग्छ भन्नु यो बेठीक हो। आवाज सुन्दा रेडियो बन्द गर्छु भन्नु नराम्रो हो’, उनले भने, ‘जनतालाई सकारात्मक परिणाम दिन लाग्नुपर्छ। भ्रष्टाचारको केसमा प्रधामन्त्रीले पनि देख्न चहान्न भन्नुभएको छ।

प्रमुख प्रतिपक्षी नेताले भ्रष्टाचार हुँदैन भनेकाले म त मख्ख छु।’ जनताले तिमीहरूले परिवर्तन गर्छौं कि भनेर विश्वास गरेको बताउँदै उनले विगतका अस्तव्यस्तालाई टाल्दै सरकारको एक वर्ष बितेकाले अब विकासले गति लिने बताए।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...