रवीन्द्र मिश्रको पार्टीको नाम फेरियो

काठमाडौँ ।  रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले नाम परिवर्तन गरिएको छ । यही बैशाख ११ देखि १३ गते तीन दिन बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको नाम परिर्वतन गर्ने निर्णय गरेको हो ।

पार्टीबाट भिन्न भएर गएको उज्वल थापा नेतृत्वको पार्टीले पनि नाम विवेकशील राखेको हुँदा अन्यौल र भ्रम रहेकोले नाम बदलेर मिश्र नेतृत्वको पार्टीले साझा विवेकशील पार्टी नाम राखेको हो ।

‘हालैको समयमा पार्टीबाट छुट्टीएर गएका साथीहरुले पनि विवेकशील नाम प्रयोग गरिरहेको हुँदा प्रेस तथा आमरुपमा देखिएको अन्यौल र भ्रम चिर्न, त्यसले सिर्जना गरेका प्राविधिक जटिलताहरुलाई सहज बनाउन र धेरै शुभेच्छुकहरुको अनुरोधलाई आत्मसाथ गर्न पार्टीले विवेकशील साझा पार्टीबाट नाम परिवर्तन गरी साझा विवेकशील पार्टी बनाएको छ,’ प्रवक्ता सूर्यराज आचार्यले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 



प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...