राष्ट्रिय जनता पार्टीको पदाधिकारी बैठक आज पनि बस्दै
यस्ता छन् छलफलका विषय
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)को पदाधिकारी बैठक आज पनि बस्दैछ । पार्टी एकीकरण र एकता महाधिवेशनको विषयमा छलफल गर्न बसन् लागेको बैठकमा एक या सामुहिक नेतृत्व भन्नेमा बहस हुनेछ ।
प्रवक्ता केशव झाले बैठकमा संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गर्ने कि नगर्ने, गर्ने हो भने कुन मोडलमा गर्ने भन्ने विषयमा पनि छलफल हुने जानकारी दिए ।
त्यस्तै सरकारले गरेको कामको समिक्षासहित आफ्नो धारणा पनि बनाउने राजपाको तयारी छ । बैशाख ७, ८ र ९ गते हुने भनिएको राजपाको महाधिवेशन पछि सरेपनि कहिले गर्ने भन्ने टुङगो लाग्न सकेको छैन । तोकिएको समयमा किन महाधिवेशन गराउन सकिएन, त्यसको समीक्षा पनि बैठकमा हुनुका साथै नयाँ मिति तोक्ने विषयमा समेत छलफल हुने छ ।
पार्टीमा विशेष एकता अधिवेशन गर्ने प्रस्ताव पनि आएको छ । पार्टी अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले गरेको प्रस्तावमा पार्टीभित्र सहमति भने हुन सकेको छैन । बैठक बिहान ११ बजेपछि काठमाण्डुको बबरमहलमा रहेका कार्यालयमा बस्नेछ ।
प्रतिकृया दिनुहोस