नेकपा एकता : कुन नेताको भागमा कुनकुन जिल्ला पर्‍यो ? यस्तो छ विवरण

७७ जिल्लामध्ये ३ महिला र २ दलितले मात्र जिल्ला अध्यक्षको जिम्मेवारी पाए

काठमाडौं । सोमबार निक्कै तामझामका साथ नेपाल कम्युनिस्ट पार्टीको ७० औं वार्षिकोत्सव मनाइयो । नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित कार्यक्रममा नौवटा कुर्सी मञ्चमा राखिएका थिए । सचिवालयमा रहेका नौ जनाका लागि राखिएका ती कुर्सीमध्ये दुइटा विशिष्ट खालका कुर्सी थिए– सोफावाला । 

अरू सातवटा सामान्य फलामका । अर्थात् विशिष्ट र कनिष्ठ झल्किने खालको दृश्य कुर्सीको व्यवस्थापनमा देखिन्थ्यो । झन्डै साढे १ बजे कार्यक्रम हलमा चार नेता अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल र महासचिव विष्णु पौडेल एकै पटक भित्रिए । उनीहरू छिर्नेबित्तिकै हलमा हुटिङ भयो । उनीहरूले अभिवादन गरे ।  जब महासचिव विष्णु पौडेलले दुई जना अध्यक्षले मात्रै बोल्ने उदघोष गरे, तब नेपालको मुख मलिनो बन्यो । त्यति मात्रै होइन, जिल्ला नेतृत्वको लिस्ट हात परेपछि नेपाल निक्कै छटपटिए । अनि उनी उकाएक मञ्चबाट बाहिरिए ।

जिल्ला नेतृत्वमा पूर्वएमाले पक्षमा अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल पक्षधरको हिसाबकिताब भएको थियो । जिल्ला सचिवमा ओली पक्षका १४, नेपाल पक्षका १९, दाहाल पक्षका ३६ र थापा पक्षका ८ जना नेताले जिम्मेवारी पाएका छन् । ७७ जिल्लामध्ये ३ महिला र २ दलितले मात्र जिल्ला अध्यक्षको जिम्मेवारी पाएका छन् । 

पूर्वएमालेले पाएको ४४ वटा अध्यक्षमा २८ जना ओली र १६ जना नेपाल पक्षधर परेका छन् । सचिवमा पूर्वएमाले पक्षले पाएको ३३ स्थानमध्ये २२ जना नेपाल र ११ जना ओली पक्षका परेका छन् । अध्यक्ष र सचिवमा पूर्वएमाले पक्षले पाएको कुल ७७ पदमध्ये ३९ जना ओली पक्ष र ३८ जना नेपाल पक्षका परेका छन् ।

इलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, सर्लाही, रौतहट, पर्सा, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, बागलुङ, डोल्पा, अछाम, दाङ, सुर्खेत र कैलालीको अध्यक्ष वरिष्ठ नेता नेपाल पक्षले पाएको छ । थापा पक्षले भने जाजरकोट, कालिकोट, बाँके, काभ्रे र रामेछापको नेतृत्व पाएको छ ।

श्रेष्ठ पक्षले महोत्तरीको मात्र नेतृत्व पाएको छ । अन्य जिल्लामा भने अध्यक्षद्वय ओली र दाहाल पक्षका नेताहरूले जिम्मेवारी पाएका छन् । ७७ जिल्लामध्ये तीन महिलाले र २ जना दलितले जिल्ला अध्यक्षको जिम्मेवारी पाएका छन् ।

जिल्ला अध्यक्षमा केपी ओली पक्षका २८ र माधव नेपाल पक्षका १६ जना छन् । पुष्पकमल दाहाल पक्षका २७, रामबहादुर थापा पक्षका ५ र नारायणकाजी श्रेष्ठ पक्षका एकजना जिल्ला अध्यक्ष भएका छन् । जिल्ला सचिवमा ओली पक्षका १४, नेपाल पक्षका १९, दाहाल पक्षका ३६ र थापा पक्षका ८ जना नेताले जिम्मेवारी पाएका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...