प्रधानमन्त्री ओलीको प्रश्न, पार्टी फुट्छ भन्ने ज्योतिषिले मिल्छ किन भनेन् ?
काठमाण्डौ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले कतिपयले नेकपा आजै फुट्यो, भोलि नै फुट्छ भनेर हल्ला फैलाए पनि फुट्ने गरी पार्टी एकता नभएको बताए ।
नेपाल कम्युनिष्ट पार्टीको ७०औँ स्थापना दिवसका अवसरमा काठमाण्डौमा आयोजित एक कार्यक्रममा उनले भने,यो महिना टुक्रिन्छ, त्यो महिना टुक्रिन्छ भनेर अहिले त ज्योतिषिले पनि भन्न थालेका छन् । एमाले र माओवादी मिल्छ भनेर ज्योतिषिले कहिल्यै भन्यो । त्यो पनि त भन्नुपर्यो नि ज्योतिषिले ।’
प्रधानमन्त्री ओलीले भने,आफ्ना पालामा केही कमी कमजोरी भए पनि देश विकासमा सरकार लागेको बताए । उनले मेलम्चीको ठेकेदार भागे पनि मेलम्चीको पानी छिट्टै नै काठमाण्डौ आउने पनि बताए । प्रधानमन्त्री ओलीले नेकपा नेतृत्वको सरकार सबै काम गर्न सक्षम रहेको पनि दाबी गरे ।
प्रधानमन्त्री ओलीले पार्टी एकतामा प्रचण्डको भूमिका निकै नै उल्लेख्य रहेको भन्दै प्रचण्डको बोल्ड निर्णयले नै दुई पार्टी एक ठाउँमा आइपुगेको बताए । कांग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउने सपना देखेर अगाडि हिँडेको देख्दा आफूलाई अचम्म लागेको बताए । यदि कांग्रेस लोकतान्त्रिक शक्ति हो भने लोकतान्त्रिक र प्रगतिशील शक्तिसँग एकता गर्नुपर्ने ओली पर्न धारणा राखे ।
साथै उनले देशमा पृथकतावादी आन्दोलन गरेकालाई मूलधारको राजनीतिमा ल्याएको बताए । पृथकतावाद समाप्त हुनु देशका लागि खुशीको कुरा भएको भन्दै केही मान्छे भने पृथकतावादी आन्दोलन सकिएकाले केमा खेल्ने भनेर चिन्ता गरिरहेको आरोप लगाए ।
प्रतिकृया दिनुहोस