एक्कासी कार्यक्रम स्थलबाट किन बाहिरिए माधव नेपाल ?
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ७० औँ वार्षिकोत्सव समारोह भब्यरुपमा चलिरहँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल को कार्यक्रम स्थलबाटै बाहिरिएका छन् ।
सोमबार सवा एक बजेतिर सुरु भएको कार्यक्रममा तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको एकतालाई अगाडि बढाउने खुड्किला मानिएको जिल्ला कमिटी एकताको लागि तयार पारिएको सुची वितरण गरिएको थियो । सूची हातमा परेसँगै एकतामा आफ्नो पक्षलाई पेलेर गएको भनेर असन्तुष्टि जनाउँदै आएका वरिष्ठ नेता माधवकुमार नेपालले कार्यक्रम स्थलबाट बाहिरिए ।
नेपाल पक्षले तत्कालीन एमालेका अध्यक्ष ओलीले एकताका क्रममा आफ्नो पक्षका जिल्ला नेतृत्वलाई बाहिर्याएको भन्दै नेतृत्वको आलोचना गर्दै आएका थिए । नेपाल पक्षले पार्टीको जिल्ला कमिटी एकताको निर्णय कम्तिमा पनि स्थायी कमिटी बैठक बोलाएर नाम टुंग्याउन माग गर्दै आएका थिए ।
आइतबार सहमतिमै एमालेको भागमा परेका पूर्व जिल्ला अध्यक्षहरु नै हालका जिल्ला अध्यक्ष रहने भनिएको थियो । तर, नेपालले अध्यक्षहरुको नाम लिस्ट हात पार्नसाथ कार्यक्रम स्थलबाट बाहिरिए । यसले नेकपाभित्र ठूलै धक्का लागने देखिएको छ ।
प्रतिकृया दिनुहोस