राप्रपा संयुक्त निर्वाचन आयोगमा बल्ल भयो दर्ता

Lohani rana

काठमाडौं । लामो समयसम्म टुटफुटमा रुमालिँदै गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) निर्वाचन आयोगमा दर्ता भएको छ ।

पशुपति समशेर राणाले नेतृत्व गरेको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको एराप्रपा राष्ट्रवादीबीच माघ १८ मा एकता भई राप्रपा संयुक्त बनेको थियो । त्यसपछि यो पार्टीले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो ।

निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिँदा कागजात अपुग भएपछि राप्रपा (संयुक्त) का अध्यक्षद्धय राणा र डा. लोहनीको राजनीति संकटमा परेको भनिएको थियो ।

एकता भए पनि पार्टीले औपचारिकता नपाउँदा पार्टीका नेता अन्यौलमा थिए । पार्टीले आयोगमा ६४ जनाको केन्द्रीय समिति रहेको नामावली बुझाएको छ । राप्रपा संयुक्तले मागे अनुसार नै हलो निर्वाचन चिन्ह चिन्ह आयोगले दिएको छ । लेटरप्याडमा पनि हलो चिन्ह नै प्रयोगमा छ ।

राप्रपा संयुक्तले नयाँ दल दर्ताका लागि दिएको निवेदनको सुनवाई गर्दै निर्वाचन आयोगले आइतबार दल दर्ता गरेको राप्रपा संयुक्तका सञ्चार समिति सदस्य जनकराज पाठकले जानकारी दिए ।

यसअघि राप्रपा संयुक्तले नयाँ दल दर्ताको प्रक्रिया पूरा नगरेको आरोप लागेको थियो । अहिले पनि राप्रपा संयुक्तका अध्यक्षद्धय डा. लोहनी र राणाले संविधान संशोधन गरि हिन्दु राष्ट्र र राजसंस्था हुनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...