कमल थापाले मनोनित गरे ३२ केन्द्रीय सदस्य (नामसहित)

Kamal thapa 30

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३२ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ । पार्टी अध्यक्ष कमल थापाले शुक्रबार १४ जना आमन्त्रित सदस्यसहित ३२ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेका हुन् ।

सो पार्टीले काठमाडौं, बाँके र नुवाकोटबाट ३–३ जनालाई मनोनित गरेको पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् । काठमाडौंबाट दिलिपबहादुर बस्नेत, प्रबल शम्शेर जबरा र सम्झना अधिकारी मनोनित भएका छन् ।

जबरा र अधिकारी आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएका हुन् । त्यस्तै भक्तपुरबाट सुरेन्द्र केसी मनोनित भएका छन् । त्यस्तै सो पार्टीले बाँकेबाट ३ केन्द्रीय सदस्य मनोनित गरेको छ । बाँकेबाट रमेश अर्याल, खेमराज गौतम र सलाउद्धिन जसगढ मनोनित भएका छन् भने नुवाकोटबाट पनि ३ जनालाई मनोनित गरेको छ ।

नुवाकोटबाट मनोनित हुनेहरुमा दिपककुमार राई, मधु रिसाल र नरेन्द्रप्रसाद फुयाल रहेका छन् । 

मनोनित अन्य केन्द्रीय सदस्यको नाम विज्ञप्तिमा हेर्नुहोस्:  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...