संसदका चारवटा समितिको बैठक आज बस्दै
काठमाडौं । व्यवस्थापिका संसदका समितिहरुले आज नीतिगत विषयमा छलफल गर्ने भएका छन् । आज संसदका चारवटा समितिको बैठक बस्दैछ ।
उद्योग वाणिज्य र श्रम तथा उपभोक्त हित समितिमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण कानुनका विषयमा छलफल हुनेछ । कानुनलाई संशोधन एकीकरण गर्न बनेको विधेयकमा छलफलमा शिक्षा, उद्योग र कृषिमन्त्रीलाई बोलाइएको समितिले जनाएको छ ।
बैठक बिहान ११ बजे बोलाइएको छ । राज्यव्यवस्था तथा सुशासन समितिको बैठक पनि बस्दैछ । आजको बैठकमा नागरिकता ऐनका विषयमा छलफल हुनेछ । बैठक दिउँसो १२ बजे बस्नेछ ।
आज विधायन व्यवस्थापन समितिमा विज्ञापन नियमन गर्ने विधेयकमा छलफल हुनेछ । विकास तथा प्रविधि समितिको बैठक पनि बोलाइएको छ । मध्यान्न १२ बजे बोलाइएको बैठकमा द्रुतमार्ग र हुलाकी सडकको स्थलगत अध्ययन प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस