लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले विभेद र असमानताको अन्त्य हुन्छ: प्रधानमन्त्री ओली

Pm

काठमाडौं । तमु ह्युल छोंज धि गुरुङ राष्ट्रिय परिषद्ले आयोजना गरेको तमु ल्होछार कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोका दिनमा विभेद भए पनि अहिले त्यो विस्तारै अन्त्य भइरहेको बताएका छन् ।

नयाँ संविधानसँगै विभेद अन्त्य भएको र व्यवहारिक रुपमा पनि विभेद अन्त्य हुँदै गइरहेको ओलीले बताएका छन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले विभेद र असमानताको अन्त्य गर्ने बताएका छन् । 

लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हामीले छानेको व्यवस्था हो । यसलाई हामी सबैले मिलेर अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘विविधता हाम्रो सम्पन्नता हो । राष्ट्रिय एकता हाम्रो आवश्यकता हो । राष्ट्रिय एकतालाई हामीले अगाडि बढाउँदै आएका छौँ ।

हिजो पनि यसलाई असफल पार्न प्रयास भयो आजपनि प्रयास भइरहेका छन् ।’ तर राष्ट्रिय एकता विरुद्धको प्रयास असफल पार्ने काम भइरहेको उनले बताएका छन् । साथै उनले अहिले मुलुक समृद्धितर्फ अगाडि बढिरहेको र कसैलाई होच्याएर मुलुक अगाडि बढ्न नसक्ने बताएका छन् ।

सरकार अहिले पनि सुशासन र विकासको तिब्र अभियानमा अगाडि बढेको उनले बताएका छन् । ‘अहिलेको सरकार तपाईहरुले भोट दिएर जिताएर पठाएको हो । तपाईहरुका मागलाई हामीले गम्भीरताका साथ लिएका छौँ,’ ओलीले भने, ‘जायज मागहरू पुरा हुन्छन् ।

हामीले असमानता, विभेदको अन्त्य गर्छौँ।’ जनताको हितको पक्षमा जे गर्नुपर्छ सरकारले विधिवत् रुपमा त्यो गर्ने प्रधानमन्त्री ओलीले बताएका छन् । साथै आफू गण्डकी क्षेत्रमा बसेको पनि उनले बताएका छन ।

‘३ वर्ष कास्की र १ वर्ष स्याङ्जा जेलमा बसेँ । जेलभित्र भए पनि मैले त्यस क्षेत्रको जातजाति, कला, संस्कृति, भेषभुषा हेरेको छु । धेरै भाका, गीत, लय, नाच, झांकीहरु हेरेको छु,’ उनले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...