विश्व पर्यटन दिवसका अवसरमा ककनीदेखि शिवपुरीसम्म हाइकिङ

Sibapur

नुवाकोट । आज विश्व पर्यटन दिवस मनाइएको छ । दिवसका अवसरमा ककनीदेखि शिवपुरीसम्म लामो पदयात्रा (हाइकिङ) गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले हाइकिङको उद्घाटन गरे ।

ककनी गाउँपालिकाको ककनीदेखि शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै शिवपुरी गाउँपालिका–७ को सुइरेचौरसम्म पदयात्रा गरिएको हो । पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् बिहीबार मनाइँदैछ । सांसद तथा नेकपा प्रदेश नंं ३ का सहइञ्चार्ज हितबहादुर तामाङले ककनी–शिवपुरी हाइकिङले राजधानी नजीकैको पर्यटकीयस्थललाई चिनाउने काम गरेको बताए ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को आयोजनामा ककनीबाट शुरु भएको हाइकिङ करीब तीन घण्टामा सुइरेचौरमा पुगेर सम्पन्न भएको थियो । शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले गाउँपालिकाले सुइरेचौरलाई पर्यटकीय थलोका रुपमा विकास गर्न बजेटसमेत छुट्याएको बताए । उनले शिवपुरी गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलमा पदयात्रा मार्ग विस्तार गर्र्दै दिगो पर्यटन विकास गराउने योजना रहेको बताए ।

समुद्री सतहबाट एक हजार ९२५ मिटरको उचाइमा रहेको सुइरेचौरबाट शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको मनोरम दृष्य तथा अन्नपूर्ण, लाङटाङ, गौरीशङ्कर, गणेश हिमाल, राउचुली र अन्य हिमशङ्खला लगायत दृश्यको अवलोकन गर्न सकिने शिवपुरी–४ सिक्रेका गुरmङ पर्यटन व्यवसायी सङ्घ नेपालका महासचिव ईश्वर गुरुङले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...