चार वर्षकी बालिका बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्डको सजाय
भारत । भारतको मध्यप्रदेशमा ४ वर्षकी बालिका बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
बालिकालाई अपरहणपछि बलात्कार गर्ने शिक्षक महेन्द्रसिंह गोंडेलाई मध्य प्रदेशको सतना जिल्लाको एक अदालतल मृत्युदण्डको सजाय सुनाएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार शिक्षक गोंडेंलाई बलात्कार भएको ८१ दिन पछि अदालतले फैसला सुनाएको हो । पीडित बालिकाको दिल्लीको एक अस्पतालमा उपचार भइरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
प्रतिकृया दिनुहोस