भारतीय सिने जगतका ‘ट्राजिडी किङ’ दिलिप कुमार अस्पताल भर्ना

Dilip kumar 1

काठमाडौं । भारतीय सिने जगतका सुपरस्टार दिलिप कुमार गम्भीर बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । ९५ वर्षीय दिलिप कुमार मुम्बईको लिलाभाटी अस्पतालमा भर्ना भएका हुन्।

भारतीय संचार माध्यमका अनुसार दिलिप कुमारलाई मुटुमा समस्या देखिएको छ । यद्यपी उनको स्वास्थ्य अवस्था यतिबेला सामान्य अवस्थामा फर्किरहेको बताइएको छ। ‘ट्राजिडी किङ’का रुपमा परिचित दिलिप कुमार भारतीय सिने उद्योगका एक इतिहास मानिन्छन् ।

उनले सन् १९९८ मा सिने जगतबाट सन्यास लिएका थिए । उनको अन्तिम चलचित्र किला थियो । यसअघि उनले सर्वाधिक रुचाइएका नयाँ दौर, मुगल इ अजम, देवदास, अन्दाज, बिधाता, शक्ति, कर्मा, जस्ता सुपरहिट चलचित्रहरुमा अभिनय गरेका थिए। भारतीय चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान दिएका दिलिप कुमारलाई सन् २०१५ मा ‘पद्म विभूषण’बाट सम्मान गरिएको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...