मलेसियामा मजदुरको तलव अब कम्तिमा मासिक १ हजार ५० रिङ्गेट

Malechiya

क्वालालम्पुर । मलेसिया सरकारले कामदारको न्यूनतम तलब बृद्धि गर्ने घोषणा गरेको छ। आगामी जनवरी १ देखि लागू हुने गरी कामदारको तलब मासिक १ हजार ५० वा घन्टाको ५।०५ आरएम तलब तोकेको मलेसियाको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

यसअघि कामदारको न्यूनतम तलब ठाउँअनुसार मासिक नौ सय २० देखि एक हजार आरएमसम्म थियो ।मलेसियन सरकारको घोषणाबाट नेपाली कामदार पनि लाभान्वित हुने छन्। मलेसियामा ५ लाखभन्दा बढि नेपाली कामदारहरु कार्यरत रहेको अनुमान छ।

सरकारले न्यूनतम तलब बढाएकै कारण सेवा र बस्तुको मूल्य नबढाउन सरकारले आग्रह गरेको छ। ‘देशको आर्थिक अवस्थाका आधारमा न्यूनतम तलब बृद्धि गरिएको हो। तलब बृद्धिले उद्योगलाई प्रभावित नगरोस् भन्नेमा हामी सजग हुनुपर्छ’ प्रधानमन्त्री कार्यालयले भनेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...