ब्राजिलका लोकप्रिय नेता पूर्वराष्ट्रपति लुला निर्वाचन लड्न नपाउने

Lukka

काठमाडौं । ब्राजिलका लोकप्रिय नेता तथा पूर्वराष्ट्रपति लुइस इनासिओ लुला डा सिल्भालाई निर्वाचन लड्न प्रतिवन्ध लगाइएको छ । ब्राजिलको निर्वाचन अदालतले शुक्रबार उनलाई दोषी ठहर गर्दै निर्वाचन लड्न नपाउने निर्णय सुनाएको अधिकारीले जनाएका छन् ।

आउदो अक्टोबरमा हुने तय गरिएको राष्ट्रपतीय निर्वाचनमा उनले भाग लिन नपाउने भएपछि ब्राजिलको राजनीतिमा नयाँ तरङ्ग फैलिएको छ ।

पूर्वराष्ट्रपति ७२ बर्षीय लुलालाई भ्रष्टाचारको आरोप लगाइएको छ भने, त्यही आरोपका कारण उनलाई निर्वाचन लड्न प्रतिवन्ध लगाइएको हो । उनको पार्टीले यही अगष्ट १५ मा उनलाई राष्ट्रपतिको रुपमा उम्मेदवारी दर्ता गराएको थियो ।

ल्याटिन अमेरिकी देशमध्ये सबैभन्दा ठुलो अर्थतन्त्र भएको देश ब्राजिलमा उनी निकै लोकप्रिय नेता मानिन्छन् ।सन् १९४५ को अक्टोबर २७ मा लुला ब्राजिलको गरिव किसान परिवारमा जन्मिएका थिए ।

उनी १४ वर्षकै उमेरमा मेटल वर्कस युनियनको अध्यक्ष बनेका थिए भने सन् २००३ मा ब्राजिलको पहिलो बामपन्थी राष्ट्रपतिमा निर्वाचित भएका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...