हवाई आक्रमण हुँदा अफगानिस्तानमा ५४ जनाको मृत्यु

Hawai aakraman

मैमाना । अफगानिस्तानमा सोमबार भएको हवाई आक्रमणमा परी ५४ जना भन्दा बढीको मृत्यु भएको छ । उत्तरी प्रान्त फार्याबमा तालिवान लडाकूहरुलाई लक्षित गरी भएको हवाई आक्रमणमा परी अरु दर्जनौं घाइते भएको जनाइएको छ ।

मारिनेमध्ये दुई जना तालिवान लडाकूका वरिष्ठ कमाण्डर मुल्लाह शाह वाली र मुल्लाह क्यायुम समेत रहेको सेनाका प्रवक्ता मोहम्मद हानीफ रेजाइले जानकारी दिए ।

‘तालिवान लडकूहरुको एउटा समूहलाई सरकारी सुरक्षा फौजले हवाई आक्रमण गर्दा कम्तीमा ५४ जना मारिएका छन् भने अरु दर्जनौँ घाइते भएका छन्,’ उनले भने ।

सुरक्षा अधिकारीहरुले त्यस क्षेत्रमा सुरक्षा कारबाही जारी रहेको जनाएका छन् । घटनाका बारेमा तालिवान लडाकूकोतर्फबाट अहिले सम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...