चितवन निकुञ्जमा पहिलो पुस्ताको अर्ना

Wild water buffalo chitawan 2

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा कोशीटप्पु वन्यजन्तु आरक्षबाट स्थानान्तरण गरिएको अर्नाले पहिलो पटक पाडो जन्माएकोे छ । अहिले आमालाई पछ्याउँदै निकुञ्जमा डुलिरहेको छ ।

राष्ट्रिय निकुञ्जस्थित ईन्क्लोजरमा राखिएको अर्नाले गत ३१ साउनमा पाएको पाडी हुर्किँदै निकुञ्जमा डुल्न थालेको हो । संरक्षणसँगै संख्या बढाउनका ल्याइएको अर्नाले बच्चा जन्माउँदा संरक्षणकर्मी खुसी भएका थिए ।

अर्नाले बच्चा पाएपछि संरक्षणमा ठुलो उपलब्धि मानिएको छ । ‘नयाँ बच्चा जन्मनु राम्रो संकेत हो’, चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले भने, ‘बासस्थान के होला भन्ने लागेका बेला बच्चा पाएपछि हामी सफल भएका छौँ ।’

पहिलो पुस्ताको यो पाडोसँगै चितवन राष्ट्रिय निकुञ्जमा अर्नाको संख्या १० पुगेको छ । यसअघि दुई भालेसहित ९ वटा अर्ना थिए । निकुञ्जमा १२ वटा कोशी टप्पु वन्यजन्तु आरक्ष र तीनवटा सदर चिडियाखानबाट ल्याइएको थियो । तीमध्ये ९ वटा मात्रै बाँकी थिए

रहनसहन र खानपान नमिलेपछि चिडिया खानाबाट ल्याएका तीन अर्ना डेढ महिनामै मरेका थिए । त्यस्तै एउटा बाघको आक्रमणबाट र दुईवटा बाढीमा बगेर मरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...