अफगानिस्तानका कूटनीतिक नियोगमा रकेट आक्रमण

Raket aakraman

काठमाडौं । अफगानिस्तानको राजधानीका कूटनीतिक क्षेत्रमा रकेट आक्रमण भएको छ ।

काबुलमा रहेका कूटनीतिक नियोगमा इदको अवसरमा अफगाननिस्तानको काबुलमा राष्ट्रपति असरफ घानीले भाषण गर्दै गर्दा आक्रमण भएको हो । आक्रमणमा २ जना घाइते भएको जनाइएको छ ।

आक्रमण तालिबानी समूहले गरेको एपिएफले जनाएको छ । सोमबार तालिबानीले तीनवटा बस एम्बुसमा पारेर २०० भन्दा बढीलाई अपहरण गरेका थिए । अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमका अनुसार अपहरण परेका १६० जनालाई रिहा गरिएको र अझै झण्डै २० जना तालिबानीको नियन्त्रणमा रहेको जनाइएको छ ।

दुई तालिबानी कमाण्डरले राष्ट्रपति घानीको तीन महिनाको युद्धबिरामको घोषणा नमान्ने जनाएको अलजजिराले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...