विकास सम्बन्धी पुरातन सोचाइले मुलुक पछाडीः पर्यटनमन्त्री अधिकारी

Rabindra adhikari

काठमाडौं ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले विकास सम्बन्धी पुरातन सोचाईका कारण मुलुक पछि परेको भन्दै विकास बारेको पुरातन सोचाईमा परिर्वतन ल्याउनुपर्ने बताएका छन् ।आफुले नयाँ सोचका साथ पर्यटन क्षेत्रलाई विकासको गतिमा अघि बढाउने उद्घोष पनि उनले गरे ।

शनिबार राजधानीमा आयोजित फाष्टफुड एसोसिएसन नेपालको छैठांै अधिवेशनलाई सम्बोधन गर्दै उनले विकासका लागि मुलुकका सबै गतिविधिलाई चौबिसै घण्टा संञ्चालनमा ल्याईनुपर्ने बताएका छन् ।

उनले उद्योग, कल कारखाना, होटल तथा महत्वपुर्ण शहरहरुलाई चौबिसै घण्टा संञ्चालनमा ल्याउन सके मुलुकले विकासको फड्को मार्ने बताएका हुन् ।

मन्त्री अधिकारीले राजधानी काठमाडौंको मुख्य चुनौति सडक सुधार र वायु प्रदुषण रहेकाले वातावरणीय दृष्टिले स्वच्छ बनाउन सक्ने हो भने पर्यटन लगायतका व्यवसाय फस्टाउने बताए ।

भूकम्पले क्षति पुगेका सम्पदा पुर्ननिर्माणको काम तिब्र गतिमा अघि बढेकाले एक वर्ष भित्र अधिकांश सम्पदा पुर्ननिमाणको काम सम्पन्न हुने दाबी पनि उनले गरे ।उनले नेपालको फाष्टफुड संसारकै सर्वोत्कृष्ट फास्टफुड बनाउन तर्फ लागिपर्न पनि व्यवसायीलाई सुझाव दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...