भारतमा बाढीबाट मृत्यु हुनेको संख्या ३२४ पुग्यो

भारतमा बाढी

काठमाडौं । भारतको केरला राज्यमा आएको बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ३२४ पुगेको छ । २ लाखभन्दा बढी घरबारविहीन भएका छन् ।

केरलामा विगत १० दिनदेखि निरन्तर वर्षा भइरहेको छ । जुन विगत १ सय वर्षयताकै ठूलो भएको बताइएको छ । खासगरी केरलाका १३ जिल्ला बाढी तथा पहिरोबाट प्रभावित छन् ।

केरलाका मुख्यमन्त्री पिनारायी विजयनले दिएको तथ्यांक अनुसार बाढी तथा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३२४ पुगेको छ ।

‘केरला बाढीका कारण एक शताब्दी यताकै सबैभन्दा नराम्रोसँग प्रभावित भएको छ’, मुख्यमन्त्री पिनारायीले शुक्रबार ट्वीट गर्दै भनेका छन्, ‘विगत दश दिनमा मृत्यु हुनेको सङ्ख्या ३२४ जना पुगेको छ ।’

बिहीबारसम्मको तथ्यांकको तुलनामा शुक्रबार सरकारी अधिकारीबाट प्राप्त भएको मृतक संख्या ३ गुणाले वृद्धि भएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

झण्डै २ लाख बाढीका कारण विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा आश्रय दिएर राखिएको छ ।

बाढीले कारण उक्त क्षेत्रको खेतीवाली नराम्रोसँग प्रभावित भएको छ ।

त्यहाँको मौसम विभागले वर्षा अझै केही दिन जारी रहने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

वर्षापछि सडकसँगै हवाई उडान समेत प्रभावित भएका छन् । केरलाको मुख्य विमानस्थल २६ अगस्टसम्म बन्द हुने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...