अफगानिस्तान हवाई आक्रमणमा परी ३१ को मृत्यु

Aphagan 631x405

आक्रमणमा परी अफगानिस्तानमा ३१ जना भन्दा बढीको मृत्यु भएको छ ।

अफगान सुरक्षा फौजले लगातार गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानको दक्षिणी जाबुल प्रान्तमा उनीहरू बिहीबार मारिएका हुन् ।

तालिवान लडाकुहरुको अखडा रहेको क्षेत्रमा गोप्य सुचनाका आधारमा आक्रमण गर्दा तालिवान लडाकूहरु नै मारिएको प्रान्तीय प्रहरी प्रमुख मोहम्मद मुस्ताफा मायारले जानकारी दिए ।

उनले जाबुला प्रान्तको शिन्काई, नावबहार, रोहनी बाबा र अन्य केही भागहरूमा सरकारी सुरक्षाकर्मीहरूले बिहीबार विहानै सुरक्षा कारबाही गरेको बताए ।

आक्रमणमा परी अरु केही घाइते पनि भएको समाचारमा जनाइएको छ । यसबारे तालिवानी समूहले भने कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...