ट्युसन सेन्टरमा आत्मघाती बम विस्फोट, ४८ को ज्यान

B0oooooo

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक ट्युसन सेन्टरमा विस्फोट भएको हो ।

ट्युसन सेन्टरमा आत्मघाती बम आक्रमण हुँदा ४८ जनाको ज्यान र ६७ जना घाइते भएका छन् ।

अफगानी प्रहरीले सिया मुस्लिमको बाहुल्य रहेको काबुलको ट्युसन सेन्टरमा पढाइ चलिरहेका बेला आत्मघाती प्रवेश गरेर विस्फोट गराएको जनाएको छ ।

विस्फोटमा परी ज्यान गुमाउनेमा अधिकांश किशोर–किशोरीहरु छन् । उनीहरु विश्वविद्यालयको प्रवेश परीक्षाको तयारी कक्षा लिइरहेका थिए ।

दुर्घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएका छैनन् । तालिवानले घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...