नाइल नदीको डुङ्गा दुर्घटनामा २२ बिद्यार्थिको मृत्यु

Nile river

काठमाडौं । सुडानको नाइल नदीमा डुङ्गा दुर्घटना हुँदा स्कुल जाँदै गरेका २२ जना बालबालिका डुबेर मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

सुना समाचार संस्थाका अनुसार, डुङ्गामा ४० भन्दा बढी बालबालिका रहेको अनुमान गरिएको छ ।

सुडानी गृहमन्त्रालयका अनुसार उद्धार कार्य अघि बढाउन र पीडितको शब निकाल्न उद्धारकर्मीहरु परिचालन गरिएको छ ।

प्रत्यक्षदर्शी इब्राहिम हसनका अनुसार कम्तीमा ९ जना बालबालिकाको जीवितै उद्धार गरिएको छ । डुङ्गाको इन्जिन बिग्रेका कारण दुर्घटना भएको बताइएको छ ।

सुडानमा सन् २००० मा भएको यस्तै एक डुङ्गा दुर्घटनामा ५० जना स्कुले बालबालिकाको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...