सिरियाको हतियार भण्डारमा विस्फोट, १२ बालबालिकासहित ३९ जनाको मृत्यु

हतियार भण्डारमा विस्फोट

सिरिया । उत्तरपश्चिममा अवस्थित सिरियाको एक हतियार भण्डारण केन्द्रमा विस्फोट हुँदा १२ बालबालिका सहित ३९ को ज्यान गएको हो ।

अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले हतियार तस्करले हतियार भण्डारण गर्दै आइरहेको भवनमा विस्फोट भएको जनाएका छन् । भवनमा सिरियाको मध्यहोम्स प्रान्तबाट विस्थापित भएर आएकाहरु बस्दै आइरहेको बताइएको छ ।

बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमनकारी निकायले विष्फोटबाट भण्डार रहेको भवन पूर्णरूपमा भत्किएको र भग्नावशेषमा थुप्रै मानिस परेको जनाएको छ । फसेकाहरुको उद्धार तथा खोजी कार्य भइरहेको बीबीसीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...