अन्तराष्ट्रिय फुटबलबाट जेरार्ड पिकेले लिए सन्यास
काठमाडौं । स्पेनिस डिफेण्डर जेरार्ड पिकेले ३१ वर्षमै अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।
पिकेले स्पेनबाट १०२ खेल खेले, जसका क्रममा पाँच गोल समेत गरेका छन् । स्पेनले २०१० मा पहिलो पटक विश्वकप जित्दा उनी पनि टिममा थिए । त्यस्तै २०१२ मा युरो कप जित्दा पनि पिके स्पेनिस टिमका महत्वपूर्ण सदस्य थिए ।
बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका डिफेण्डर पिके क्याटलान स्वतन्त्रताको पक्षमा लागेको भन्दै बेलाबेला आलोचित पनि हुने गरेका छन् ।
स्पेन रुस विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिए लगतै अन्तर्राष्ट्रिय फुटबल छोड्ने निर्णय लिएका थिए । तर, बाहिर सार्वजनिक गरेका थिएनन् ।
हालै मात्र स्पेनका नवनियुक्त प्रशिक्षक लुइस इनरिकेलाई भेटेर अन्तर्राष्ट्रिय फुटबल छोड्ने निर्णय जानकारी गराएका छन् ।
स्पेनबाट खेल्दा र विश्वकपसँगै युरोकप जित्दाको समय निकै सुन्दर रहेको भन्दै पिकेले भनेका छन्, अब म बार्सिलोनामा केन्द्रित हुन चाहन्छु ।
प्रतिकृया दिनुहोस