दुईटा गर्भाशय भएकी एक महिला, जसले एकसाथ दुईतिर गर्भवती भएर पाइन् जुम्ल्याहा सन्तान

Belayat 12

वेलायत । जुम्ल्याहा सन्तान पाउनु आफैंमा आचार्यजनक कुरा हो । तर, जेनिफर अश्वुडको समाचार बेग्लै छ । चिकित्सकले उनका दुईटा गर्भाशय रहेको र दुवैमा एकसाथ बच्चा बसेको पाए ।

विश्वमा ५ करोड महिलामा एकलाई यस्तो हुन्छ । भर्खरै वेलायतमा यस्तो घटना घटेको हो ।

दुईओटा गर्भाशय हुने धेरै गर्भवती महिलाहरुको एकतिर बच्चा बसेको हुन्छ र दुईटा गर्भाशय रहेको पहिलो बच्चा बस्दा नै थाहा हुन्छ । तर, अश्वुडले आठ वर्षअघि छोरी मिलेइ पाउँदा यो अवस्था बारे पत्ता लागेको थिएन । उनले भनिन्, ‘मैले यसअघि पनि बच्चा पाइसकेकी छु । तर, यसपल्ट मेरो शरीरले मलाई नै छक्क र्पायो ।’

 /uploads/Saun/belayat.jpg

गर्भ २० हप्ताको हुँदा नियमित चेकजाँचका क्रममा यस्तो पाएकी हुन् । त्यो समय चिकित्सकले उनको दुईटा गर्भाशय रहेको र दुवैमा एकसाथ गर्भ हुर्किरहेको बताएका थिए ।

यतिबेला उनले दुई स्वस्थ सन्तान जन्माइसकेकी छिन् । एकतिरको गर्भाशयबाट छोरा पिरान र अकोतिरबाट छोरी पोप्पी जन्मिएकी छिन् ।

उनी र उनका श्रीमान् एन्ड्रेउले जुम्ल्याहा सन्तान हुनसक्ने अनुमान गत डिसेम्बरमा गरेका थिए । उनको गर्भावस्था असामान्य रहेको चिकित्सकले फेरवरीमा मात्रै बताए ।

गर्भवती अवस्थामा अश्वुडले त्यस्तो केही समस्या त झेलिनन् तर यस्तो अवस्थामा गर्भ तुहिने र राम्ररी नहुर्केर जन्मिने जोखिम उच्च रहन्छ । उनले ३४ हप्तामा स्वस्थ सन्तान जन्माइन् । दुई हप्ता जन्डिसको उपचारपछि दुवै सन्तान अहिले घर ल्याइएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...