फेसबुकले बन्द र्गयो अमेरिकाको ३२ अकाउन्ट

Facebook 78

काठमाडौं । अमेरिकामा ३२ वटा अकाउन्ट तथा पेज फेसबुकले बन्द गरेको छ ।

अमेरिकामा हुने मध्यावधि निर्वाचनलाई प्रभावमा पार्ने उद्देश्यले बनाइएका ती अकाउन्टलाई गरिएको बीबीसीले जनाएको छ । अकाउण्टका प्रयोगकर्ताको परिचय भने खुलेको छैन ।

निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तयार पारिएका अकाउन्ट तथा पेजका सञ्चालकले पहिचान नखुलाउने उद्देश्यले कडा सुरक्षाका साधन भिपिएन्स प्रयोग गरेको फेसबुकले दाबी गरेको छ ।

बन्द गरिएका पेजबाट अनावश्यक भ्रम फैलाउने नौ हजार ५०० पोष्ट गरिएको थियो । सेयर गरिएका पोष्टबाट ती पेज र अकाउन्ट सञ्चालकले फेसबुकबाट ११ हजार डलर कमाएका छन् । ती पेज र अकाउन्टमा रुसी संलग्नता भने नपाइएको फेसबुकले स्पष्ट पारेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...