जानकी मन्दिर झलमल्ल पार्न विद्युतीकरण गरिने

Janak pur

धनुषा । जानकी मन्दिरलाई आधुनिक किसिमले सौन्दर्यकरण गर्नका लागि ५ करोडको लागतमा विद्युतीकरण गरिने भएको छ ।

सोमबार गैरआवासीय नेपाली संघ (एनआरएन) को आर्थिक सहयोग र डिजाइनको आधारमा मन्दिर विद्युतीकरण गर्ने सम्झौता गरिएको छ ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, एनआरएनका प्रमुख संरक्षक डा उपेन्द्र महतो र जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको रोहवरमा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र जानकी मन्दिर छुट गुठीको तर्फबाट छोटे महन्थ रामरोशन दासले संयुक्तरुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौताअनुसार मन्दिर परिसरलाई अत्याधुनिक विद्युतीय प्रकाशमार्फत प्रज्वलित गर्नका लागि उज्यालो नेपाल अभियानबाट निर्मित कम खपतमा बल्न सक्ने एलइडी चिमको प्रयोग गरिनेछ । मन्दिरको सौन्दर्यकरणलाई अझ बढी उपयोगी बनाउन सौर्य ऊर्जाको प्रयोग गर्ने योजना रहेको एनआरएनका अध्यक्ष भट्टले जानकारी दिए ।

मन्दिरको ऐतिहासिक र मौलिक भौतिक संरचनामा कुनै परिवर्तन नगरी विद्युतीकरणको कार्य गरिनेछ । विद्युतीकरणमा लाग्ने तार, उपकरण, बत्ती आदिको जडानको खर्च एनआरएनले व्यहोर्ने छ । यस वर्षको विवाहपञ्चमी महोत्सवअगावै विद्युतीकरणको कार्य सम्पन्न गरी मन्दिरलाई पर्यटकको आकर्षणको केन्द्र बनाउने योजना रहेको अध्यक्ष भट्टले बताए ।

जनकपुरमात्र नभई नेपालकै नाम विश्वस्तरमा चिनाउने एउटा थलो जानकी मन्दिर भएको हुनाले यसको सौन्दर्यकरणका लागि विद्युतीकरणको योजना आउँदा जनकपुरवासी खुशी भएको छोटे महन्थ रामरोशन दासले बताए । उनले भने, ‘यो विद्युतीकरणको डिजाइन हेर्दा मन्दिर उज्यालो महल जस्तै देखिने छ ।’

इसं १९१० मा भारतको टिकमगढकी रानी वृषभाणु कुमारीले जानकी मन्दिरको निर्माण गराएकी थिइन् । उक्त समयमा यस मन्दिरको निर्माणमा ९ लाख भारतीय खर्च भएको थियो । सोही कारणले यस मन्दिरलाई ‘नौ लख्खा’ मन्दिर पनि भन्ने गरिन्छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...