जापानमा धार्मिक नेतासहित छ जनालाई मृत्युदण्ड

Japan ma mritudanda

जापान । करिब २३ वर्ष पहिले जापानमा राजधानी टोकियोको भूमिगत रेलमार्गमा विष्फोट गराउने समूहका समूह नेतासहित सातजनालाई मृत्युदण्ड दिइएको छ।

१३ जनाको ज्यान लिनेगरी स्नायु प्रणालीमा असर गर्ने घातक ग्यास (सारिन) को प्रयोग गरी गराइएको विष्फोटनमा जिम्मेवार रहेको अभियोगमा ओम् शिन्रिक्यो समूहका संस्थापक नेता शोको आसाहरासहित छ जनालाई मृत्युदण्ड दिइएको जापानी न्यायमन्त्री योको कामिकावाले बताए।

ओम् शिन्रिक्योको अर्थ सर्वोच्च सत्य बताउने उक्त धार्मिक संस्थाले सन् १९८० को दशकमा बौद्ध, हिन्दू तथा इसाई धर्मका मतलाई मिलाएर केही नयाँ धार्मिक अवधारणाको विकास गरेको मानिन्छ। उक्त समूहका संस्थापक शोको आसशाराले आफूलाई क्राइस्ट र बुद्धपछि पहिलो पटक ‘ज्ञान प्राप्त भएको’ बताउने गरेका थिए।

सन् १९९५ मा भएको सारिन ग्यास आक्रमणमा सम्लग्न दोषीमाथि भएको यो पहिलो मृत्युदण्डको सजाय हो। उक्त घटनामा १३ जनाको मृत्यु भएको थियो भने हजारौँ विषालु ग्यासका कारण विरामी परेका थिए। यसै घटनामा सम्लग्न छ जनामाथिको मुद्दाको अझै निर्णय आउन बाँकी छ।

जापान मृत्युदण्डलाई निरन्तरता दिने विश्वका केही विकसित मुलुकमध्ये एक मानिन्छ। विश्वव्यापी रूपमा मृत्युदण्डको प्रावधानलाई लिएर आलोचना हुने गरेपनि स्थानीय स्तरमा उक्त प्रावधानको पक्षमा राम्रो जनमत रहेको बताउने गरिन्छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...