सय वटा नयाँ पर्यटकीय गन्तव्यकोखोजी

Ntb

काठमाडौं । पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले नयाँ एक सय वटा सम्भाव्य पर्यटकीय गन्तव्य छनोट गर्ने भएको छ ।पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि नयाँ गन्तव्यको खोजी गर्न लागेको बोर्डले जनाएको छ ।

विभिन्न प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, साहसिक, धार्मिक र साँंस्कृतिक महत्व रहेका स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा अगाडी बढाउन बोर्डले सोमबार आवेदन माग गरेको छ । नयाँ गन्तव्यका बारेमा आवेदन साउन २८ गते भित्र बोर्डको कार्यालयमा आइपुग्ने गरी इमेल वा पत्रमार्फत पठाउन अनुरोध गरेको छ ।

पत्र नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौं, पोष्ट बाक्स नं. ११०१८ मा पठाउन सकिनेछ ।पूर्वाधारको अवस्था, प्रस्थावित नजिक रहेका अन्य आकर्षक गन्तव्यको उपलब्धता लगाएतका मापदण्डका आधारमा गन्तव्य छनोट गर्ने योजना बोर्डले बनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...