वाइडबडी अन्नपूर्णको पहिलो व्यवसायिक उडान दोहा
नेपाल वायुसेवा निगमको वाइडबडी ९एन–एएलवाई एयरबस ३३०–२०० (अन्नपूर्ण)ले पहिलो व्यवसायिक उडान कतारको दोहा गर्ने तयारी गरेको छ । निगमको पहिलो वाइडबडी विमानले व्यवासयिक उडान दोहामा साउन १६ गते गर्ने भएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले वाइडबडी सञ्चालनका लागि आइतबार (एओसी) प्रदान गरेको छ । एओसी प्राप्त गरेसँगै वाइडबडी अन्नपूर्णलाई उडान गर्न बाटो खुलेको हो।
अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आइकाओ) का पाँच वटा चरणवद्ध प्रक्रिया पूरा गरेपछि अन्नपूर्णले एओसी पाएको हो। यी पाँच प्रक्रियामा आवेदन पूर्वको प्रक्रिया, औपचारिक आवेदन, कागजात मूल्यांकन, नो अब्जेक्सनको पत्र र प्रमाणीकरण रहेका छन्। यी मापदण्ड पूरा गरेपछि प्राधिकरणले वाइडबडी विमानलाई एओसी प्रदान गरेको हो।
वाइबडी विमानबाट निगमले दोहा उडान गर्ने तयारी गरेको छ। हाल सो विमान स्वदेशी र विदेशी पाइलटको समूहले उडाउनेछ। वाईबडी विमान उडन गर्ने क्पाप्टेनका लागि मासिक तलब रु १८ लाख र को–पाइलटका लागि रु १२ लाख खर्च लाग्ने अनुमान निगमको छ। यो रकम करसहितको हो।
वाइडबडी दुईवटा थप भएसँगै निगमसँग अन्तर्राष्ट्रिय उडान गर्न ५ वटा विमान भएका छन्। थप भएको वाइडबडी विमानबट नयाँ गन्तव्यका रुपमा कोरिया, साउदी र जापानमा उडान गर्ने निगमको योजना छ।
नेपाल सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको १२–१२ अर्ब ऋणमा ठूला जहाज खरिद गरिएको हो। राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले अमेरिकी एएआर कर्पोरेसनमार्फत प्रतिजहाज १० करोड ४८ अमेरिकी डलरमा खरिद गरेको हो।
अन्तर्राष्ट्रिय उडानमा नेपालको सबैभन्दा अनुभवी नेपाल एयरलाइन्सले हाल ८ गन्तव्यमा उडान गर्छ। बोइङ ९ एसिबी–५७५ र दुईवटा एयरबस ३२० विमानबाट निगमले उडान गर्दै आएको छ। हाल निगमले तीनवटा विमानबाट हङकङ, क्वालालम्पुर, बैंकक, दोहा, दुबई, नयाँ दिल्ली, बेङ्लोर र मुम्बईमा नेपाल एयरलाइन्सका उडान रहेका छन्।
प्रतिकृया दिनुहोस