संकट मोचन हनुमान धाम निर्माण गर्न महायज्ञ गरिने

Mahayagya

काठमाडौं । संकट मोचनधामको निर्माणमा सहयोग जुटाउने उद्देश्यले महायज्ञको आयोजना गरिने भएको छ ।

संकट मोचन हनुमान मन्दिर सेवा समिति तथा विश्व हिन्दू महासंघ लगायतका धार्मिक एवम् सामाजिक संघसंस्थाको आयोजनामा भुवनेश्वरी मन्दिर परिसर बासुकीचौर बल्खुमा संकट मोचन शिव पुराण महायज्ञ साउन ११ शुक्रबार गुरु पूर्णिमादेखि २६ गतेसम्म सञ्चालनको आयोजना गर्न लागिएको हो ।

महायज्ञमा पं. माधवानन्द महाराजबाट शिव महापुराणको वेदान्तपरक कथा प्रवचन हुने र १६ गतेदेखि ९ जना वटुकले अहोरात्र अखण्ड हवन गर्नेछ । महायज्ञमा ग्रहशान्ति, रुद्रीलगायत कर्म समावेश गरिनेछ ।

धामको निर्माणमा सहयोग पु¥याउने उद्देश्य रहेको सो महायज्ञमा देश–विदेशमा रहेका सर्वसाधारणले यथाशक्य सहयोग गर्न सक्ने आयोजकले जनाएका छन् । एक जनाले कम्तीमा १ इँट्टा बराबरको सहयोग गरी नागरिक, समाज र राष्ट्रमा परिरहेका संकट निवारणका लागि धाम बनाउन सहयोग गर्न सकिने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...