जेल जानबाट बचे रोनाल्डो

Rolandooo

काठमाडौं  । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफूमाथि लागेको आरोप स्वीकारेका छन् ।

यसअघि उनले कर छलीको आरोप अस्वीकार गर्दै आएका थिए । रोनाल्डोले आरोप स्वीकारेसँगै उनले २ वर्ष जेल सजाय र १२.१ मिलियन पाउण्ड जरीवाना तिर्नु पर्ने हुन्छ ।

यद्यपि, स्पेनिस कानुन अनुसार उनी जेल जानबाट भने बचेका छन् । त्यहाँको कानुनअनुसार २ वर्षसम्मको जेल सजायँ पाएकाले जेल जानु पर्दैन । अनलाइन पत्रिका डेली मेलका अनुसार हालै इटालियन क्बल युभेन्टस्समा आवद्ध ३३ वर्षीय यी स्टारलाई सन् २०१० देखिको कर नतिरेको आरोपमा मुद्दा लागेको थियो ।

रोनाल्डोले अस्वीकार गर्दै आए पनि उनी रियल हुँदा २०१० देखि साढे १३ मिलियन पाउण्ड बराबरको कर छलीको आरोप लागेको थियो । रोनाल्डोको स्वीकारोक्तिसँगै उनले कानुनी लागतवापत ४.३ मिलियन पाउण्ड तिर्नुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...