घुम्न आएकी रुसी पर्यटकलाई होटलमा बलात्कार

Rapppe

काठमाडौं । भारतको चेन्नइमा घुम्न आएकी १ जना रुसी पर्यटकलाई होटलमा बलात्कार गरेको छ ।

अधिकारीले बिहीबार दिएको जानकारीअनुसार ती महिलालाई हप्तादिन अघि ती रुसी पर्यटक महिलाई लागूऔषध खुवाएर बलात्कार गरिएको थियो ।

प्रहरीले ती महिलालाई बलात्कार गर्ने व्यक्तिको खोजी जारी राखेको थियो । त्यस कुकर्ममा संलग्न ६ जनालाई बिहीबार पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ ।

ती महिला बस्ने होटलकै कोठामा बलात्कृत भएकी थिइन् । २१ वर्षीय ती रुसी महिलाको अनुहारमा घाउ भएको र उनी नाङ्गो अवस्थामा होटेलको कोठामा फेला परेकी थिइन् ।

हप्ता दिनअघि भएको यस बलात्कारको घटनामा संलग्न रहेको आशङ्कामा ६ जना व्यक्तिकालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...