मेक्सिकोमा सवारी दुर्घटना हुँदा दश जनाको मृत्यु

Bus accident


काठमाडौं । मेक्सिकोमा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ ।

घटनामा परी अरु ११ जना घाइते भएका छन् । मृतकमध्ये आठ जनाको घटनास्थलमै र अरु दुई जनाको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी अधिकारीले जनाएका छन् ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

मध्य मेक्सिको राज्यमा मालबहाक ट्रकले यात्रु लिएर गुडिरहेको बसलाई ठक्कर दिएर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।

 ट्रकको ‘ब्रेक फेल’ भएर बसलाई ठक्कर दिएको बताइएको छ । ट्रकमा निर्माण सामग्री रहेको थियो ।

मेक्सिको राज्यका गभर्नर अल्फ्रेडो डेल माजोले सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै घटनाका पीडित र उनीहरुका परिवारजनलाई सरकारको तर्फबाट उचित सम्बोधन हुने बताएका छन् ।

साथै उनले मृतकप्रति श्रद्धाञ्जलि र आफन्तप्रति समवेदना पनि व्यक्त गरेका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...