एसइईको नतिजा प्रकाशन ढिलो हुने
भक्तपुर । यस वर्षको एसइई परीक्षाको नतिजा असार दोस्रो साता मात्रै आउने भएको छ ।
कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षाको नतिजा अघिल्लो वर्ष असार २ मा आएकोमा यो वर्ष ढिलो हुने भएको हो ।
परिक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशन छिटो गर्ने प्रयास गरेको भए पनि कर्मचारी अभावका कारण समयमै नतिजा प्रकाशन गर्न नसक्ने भएको हो ।
अहिलेसम्म जिल्लाहरुबाट पनि कर्मचारीको अभावले ढिलाई भइरहेको जानकारी आएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए । गत चैत ८ गतेबाट शुरु भई १७ गते परीक्षा सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस