मास हिस्टेरियाका कारण विद्यालय नै बन्द

Mass hysteria

स्याङ्जा । विद्यार्थीमा मास हिस्टेरियाका कारण स्याङ्जाको एक विद्यालयमा पठनपाठन अवरुद्ध भएको छ ।

वालिङ–४ रत्ने दोभानमा रहेको हिमाली माविमा कक्षा ६ देखि १० सम्मका २१ जना किशोरी अवस्थाका छात्रामा सोमबार मास हिस्टेरिया देखिएपछि विद्यालय नै बन्द भएको छ ।

आइतबार पनि केही विद्यार्थीमा यस प्रकारको लक्षण देखिएको थियो । सो क्रम सोमबार बढेपछि विद्यालयले मंगलबार एक दिनका लागि विद्यालय नै बन्द गरेको छ ।

विद्यालयका प्रधानाध्यापक खगेन्द्र ढुंगानाले विद्यार्थीमा मास हिस्टोरियाको समस्या देखिएपछि विद्यालय बन्द गरिएको बताए । फेरि पनि विद्यालयमा मास हिस्टेरियासम्बन्धी समस्या नदेखियोस् भनेर १ दिन विद्यालय बन्द गरिएको प्रधानाध्यापक ढुंगानाले बताए ।

वालिङ प्राथमिक स्वास्थ्य केन्द्रबाट आएको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गर्दा मास हिस्टोरिया भएको बताएपछि विद्यालय बन्द भएको हो ।

विशेष गरी छात्राले टाउको दुख्यो भन्ने, रुने कराउने र चक्कर लागेर ढल्ने समस्या देखिएको छ । यो यौवनावस्थामा प्रवेश गर्न लागेका विशेष गरी किशोर किशोरीमा देखा पर्ने एक प्रकारको मनोवैज्ञानिक समस्या हो ।

एउटालाई भएपछि डर, त्रासबाट एकपछि अर्कोमा देखा पर्दै जाने मास हिस्टेरिया फेरि पनि देखिन सक्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...