सरकारले संग्रहालय स्थानीय तहमा हस्तान्तरण गर्ने

Narayanhiti. jpg

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले तीनवटा संग्रहालय बाहेक अन्य संग्राहलयहरु स्थानीय तहमा हस्तान्तरण गर्ने बताएका छन् ।

संघको मातहतमा राष्ट्रिय संग्राहलय, नारायणहिटी ऐतिहासिक संग्राहलय र नेपाल राष्ट्रिय सांस्कृतिक संग्राहलय रहने उनले प्रष्ट पारे ।

सोमबार छाउनीस्थित राष्ट्रिय संग्राहलयको अवलोकनपछि मन्त्री अधिकारीले अरु सबै संग्राहलय स्थानीय तहलाई विधिवत रुपमा हस्तान्तरण गर्ने घोषणा गरेका हुन् । उनले सबै जातीय संग्राहलयलाई मिलाएर नेपाल राष्ट्रिय सांस्कृतिक संग्राहलय बनाउन लागिएको पनि जानकारी दिए । सरकारले सो संग्राहलय ललितपुरको चम्पादेवीमा बनाउन सुरु गरिसकेको छ ।

मन्त्री अधिकारीले राष्ट्रिय संग्राहलयको उचित व्यवस्थापनका लागि आवश्यक बजेट उपलब्ध गराउने आश्वासन पनि दिएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...