फेवाताल अतिक्रमण गर्ने शाक्य पर्यटनमन्त्रीको विज्ञसमूहमा अटाए

Sunil sakya pokhara

काठमाडौ‌ । पर्यटन मन्त्री रविन्द्र अधिकारीले पोखराको फेवाताल अतिक्रमण गरेर रिसोर्ट सञ्चालन गर्ने एक ब्यक्तिलाई विज्ञ समुहमा नियुक्त गरेका छन् ।

फेवातालको मापदण्ड मिचेर वाटरफ्रन्ट रिसोर्ट सञ्चालन गरेका सुनील शाक्य पर्यटन विज्ञसमूहमा मनोनीत भएपछि पर्यटनमन्त्रीको आलोचना भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पार्क भिलेज वाटरफ्रन्ट रिसोर्ट प्रालिका सञ्चालक सुनील शाक्यलाई विज्ञसमूहमा राखेपछि आलोचना भएको हो । झन्डै एक महिनाअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी अध्यक्ष रहेको विज्ञसमूहको २९ सदस्यीय समूहमा शाक्यलाई २८औँ नम्बरमा मनोनयन गरिएको हो।

राष्ट्रिय सम्पदा संरक्षण समिति नेपालका अध्यक्ष रामबहादुर पौडेलले मन्त्री आफैँ अध्यक्ष रहेको समितिमा ताल अतिक्रमण गरेर विवादित बनेका व्यक्तिलाई मनोनयन गरिनु सर्वोच्च अदालतको आदेशकै अपमान भएको बताए।

पछिल्लोपटक सर्वोच्च अदालतले शाक्यले सञ्चालन गरेको पोखराको पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट प्रालिले तालको अतिक्रमण गरेको विषयमा दुई महिनाभित्र प्रतिवेदन तयार गर्न नापी विभागलगायतका निकायलाई आदेश नै दिएको छ । यो विवादको किनारा नलाग्दै विवादित व्यक्तिलाई विज्ञसमूहमा राखिएकोमा दलकै नेताहरूले विरोध गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...