नेता थुपार्न र पद बाँड्न पार्टी एकता भएको होइन : जनार्दन शर्मा

Janardan sharma

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्माले नेताहरुको व्यवस्थापनकै लागि सचिवालय सदस्य नबढाउने बताएका छन् । उनले सोमबारसम्म पार्टीको स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरुको टुंगो लाग्ने दावी गरे ।

आइतबार रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘हामीले केन्द्रीय सदस्यहरु टुंगो लगाइसकेका छौं, खाली सेटिङमा राख्नमात्रै बाँकी छ, स्थायी समिति सदस्यहरु पनि हामीले लगभग टुंगो लगाएका छौं, भोलिसम्म केन्द्रीय सदस्यहरुको टुंगो लाग्छ ।’

नेता शर्माले एमाले(माओवादी एकतापछि बनेको नेकपाको वर्तमान सचिवालय सदस्य संख्या नै काफी रहेको जिकिर गरे । उनले भने, ‘सचिवालय सदस्य ९ जना नै काफी छ, अब संख्यामा तलमाथि हुँदैन, त्यो संख्या बढाउन आवश्यक छैन ।’ आफूलाई सचिवालयमा परेको वा नपरेको भन्नेमा कुनै चिन्ता समेत नरहेको उनले बताए ।

शर्माले पार्टीमा नेता थुपार्न र पद वितरण गर्नलाई एकता नभएको दावी गरे । उनले भने, ‘मुलुकको समृद्धि र आर्थिक रुपान्तरणका लागि एकता भएको हो, त्यसको अनुभूति जनताले चाँडै गर्न पाउँछन्, हाम्रो ध्यान त्यसमै केन्द्रित छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...