राजकुमार ह्‍यारी र मेगनबीच विवाह सम्पन्न

Harry megan

काठमाडौँ । बेलायतका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलकीबीच वैवाहिक कार्य सम्पन्न भएको छ।

करिब ६०० पाहुना विन्डसरको किल्लामा अवस्थित सेन्ट जर्चको गिरजाघर घरमा उनीहरूको विवाह भएको हो। अमेरिकी टेलिभजन स्टार ओपरा विनफ्रे अभिनेता इडरिस एल्बा जार्ज क्लुनी र फुटबलर डेविट बेकमलगायतका पाहुना उक्त समारोहमा सहभागी भएका छन्।

शाही जोडीको विवाह दिउँसोबाट सुरु हुने छ र त्यसपछि नवविवाहित जोडी नगर परिक्रमा गर्नेछन्। हजुरआमा एलिजाबेथले राजकुमार ह्यारीलार्इ ड्युक अफ ससेक्सको उपाधि दिएकी छिन्। उनी विवाहपछि मार्केल डचेज आफ ससेक्स बन्ने जानकारी बकिंगम प्यालेसले दिएको छ।


एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...